दोलखाको बोच प्रहरी चौकीमा आगलागी

RSS
52
Shares

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा अवस्थित बोच प्रहरी चौकीमा विद्युत् सर्ट भई शुक्रबार आगलागी भएको छ।

सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो।

आगलागीबाट टहरासहित केही हतियारसमेत जलेर पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए।

भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?