राजेन्द्र पाण्डेलाई धादिङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार वनाउन युवाहरुको माग

धादिङ,२२ असोज ।आगामी मंसिरमा हुन गइरहेको संघ तथा प्रदेश सभा निर्वाचनको लागि प्रमुख दलहरुले जिल्ला स्तरबाट उम्मेदवारहरुको नाम सिफारिस गरिरहेको बेला धादिङ जिल्लाका नेकपा एमालेका युवा नेताहरुले भने नेकपा एमालेका पोलिटब्यूरो सदस्य राजेन्द्र प्रसाद पाण्डेलाई नै पुन एक कार्यकालका लागि संघीय सभा सदस्यको उम्मेदवार बनेर विजयी हुन आग्रह गरेका छन ।आईतबार एमाले नेता राजेन्द« पाण्डेसंगको भेटमा समग्र धादिङको विकास र पार्टीलाई सशक्त बनाउन उम्मेदवार बन्नै पर्ने दवाव दिएको युवा संघ धादिङका नेता तथा नेकपा एमाले वेनिघाट रोराङका सदस्य समुन् सागर सिलवालले जानकारी दिए ।भेटमा उनिहरुले नेता पाण्डेले पार्टिको तर्फवाट विगतमा खेलेको भूमिका र समग्र धादिङ जिल्लाको विकास र सम्वृद्धीको लागी उहाको आवश्यकताका आधारमा संघीय प्रतिनिधी सभाको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेर विजयी हुनै पर्नेमा जोड दियका थिए ।एमाले निर्वाचन क्षेत्र समन्वय कमिटि धादिङ क्षेत्र नं। १ का संयोजक चुडामणी कँडेलले उम्मेदवार छनौट गर्न बसेको बैठकमा कुनै पनि नेताको नाममा सर्बसम्मत नभएको बताएका छन् । उनले भने, केही नेताहरुले आनो नाममा सहमती भएको भन्दै गरेको प्रचार गलत हो । बैठकमा उम्मेदवार बन्न इच्छा गरेका सबैको नाम जिल्ला कमिटिमा पठाउने सहमती भने भएको हो ।’यता क्षेत्रिय समन्वय कमिटिको बैठकमा सहभागी भयका निर्वतमान उपसचिव तथा क्षेत्रिय समन्वय कमिटिका सदस्य श्रीराम थपलियाले अहिले केहि ब्यक्तीहरुले पार्टीको माईन्यूट भन्दै किर्ते कागज सामाजिक सञ्जालमा राखेर पार्टीको मर्यादामा आँच ल्याउने काम गरेको समेत बताए । उक्त कागजमा आनो समेत नक्कली हस्ताक्षर देख्दा आफैँ आश्चर्य चकित भएको उनले बताएका छन् ।उनले मिडियामा भनिएको जस्तो एकतर्फी रुपले आएको समाचार तथ्यहिन भएको र क्षेत्रिय समन्वय कमिटिको बैठकमा पनि पार्टी पोलिटब्युरो सदस्य एवं सांसद पाण्डेलाई नै उम्मेदवार बनाउनु पर्ने माग चौतर्फी रुपमा आएको तर पार्टि जिल्ला कमिटिका केहि नेताहरु भने एकलौटि ढंगले पेलेर जान खोजेको बताए । कठिन समयमा धादिङमा पार्टी स्थापना गरेर राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सफल नेतालाई अपमान गर्ने गरी गरिएको प्रचार गलत भएको र नेता पाण्डेनै उमेदवार भई विजयी हुने उनको भनाई थियो ।गत असोज २० गते राती अवेरसम्म चलेको जिल्ला कमिटि धादिङको बैठकले पनि उम्मेदवार चयन गर्न नसकेको र धादिङ जिल्लाका शिर्ष नेताहरुले सहमतीका आधारमा छिट्टै टुङ्गो लगाएर सिफारिस भैआएका नामहरु जस्ताको त्यस्तै प्रदेश कमिटिमा पेश गर्ने निर्णय भएको थियो ।यस अघि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टिको आन्तरिक वैठक वस्दा वस्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को लागि एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीको नाम सिफारिस गरिएको निर्णयसहित माईन्योट सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । निर्णयमा अन्य उम्मेद्धारका आकाँक्षीलाई भविष्यमा उचित व्यवस्थापन गर्न केन्लाई सुझाव दिईयको उल्लेख भयको थियो भने यससंगै विवाद चुलियको थियो ।प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट एमाले पोलिटव्यूरो सदस्यद्धय राजेन् प्रसाद पाण्डे,गंगालाल तुलाधर,रमेश आचार्य र नरेश खतिवडाले उम्मेद्धारीको आकांक्षा राखेका थिए ।निर्णयमा भनिए अनुसार पुर्वमन्त्री सहित रहिसकेका तुलाधरले आनो उम्मेद्धारी दावी छाडी अन्य विधिबाट व्यवस्थापनमा जानुभएको र उनले २०६४ मै अव आनो उम्मेद्धारी नरहने बताएको उल्लेख छ । यता नेता पाण्डेले पनि २०७० को निर्वाचनमा आनो अन्तिम उम्मेद्धारी भनेको विषय उल्लेख गरेको छ । यता प्रतिनिधिसभाको उम्मेद्धारी दावी नछाडेको र एकलौटी गर्न खोजिएको आकांक्षी तुलाधर र पाण्डेले आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?