काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै कोइरालाले १०० प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टी काममा खर्च गरेर प्रभावकारी ढंगले सरकार सञ्चालन नगरेको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले १०० प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया