‘ओली मेन्टल्ली फिट नभएको’ अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

लोकपथ
143
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपीलाई लक्षित गरेर बोलेका शब्दहरु संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।

हिजो बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसद मातृका यादवले केपी ओली ‘मेन्टल्ली फिजिकल्ली फिट नभएको’ अभिव्यक्ति दिएका थिए। शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सचिवालयलाई उक्त अभिव्यक्ति असंसदीय भएकाले तत्काल रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

यस विषयमा बिहीबारको बैठकमा नै एमाले सांसद विशाल भट्टराईले आपत्ति जनाएका थिए। यादवको अभिव्यक्तिमा नियमापत्ति जनाउँदै भट्टराईले ‘मेन्टल्ली डिसअर्डर’ भन्ने अधिकार यादवलाई कसले दियो भनी प्रश्न गरेका थिए।

उनले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू आफूहरूका लागि गम्भीर आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?