काठमाडौं । आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ । पुरुषोत्तम लामिछानेको शब्द, राजु सिंहको सङ्गीत र अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ । झुटो माया लाउदिन बरु ब्रम्हचारी बस्छु भनिएको छ गीतमा ।
निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ । दिपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया