कांग्रेस मुख्यालयमा धर्नाको ३४औँ दिन (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
208
Shares

काठमाडौं । विधि र विधान अनुसार क्रियाशील सदस्यता वितरण गर्नुपर्नेलगायतका मागसहित नेपाली कांग्रेसको मुख्यायलमा नेता कार्यकर्ताको धर्नाको आज ३४औँ दिन पुगेको छ ।

बारालगायतका जिल्लाबाट क्रियाशील सदस्यता विवतरमा धाँधली भएको भन्दै नेता कार्यकर्ताहरु धर्नामा रहेका छन् ।

आगामी महाधिवेशनको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको अवस्थामा आफूहरुको माग पूरा नभएको उनीहरुको भनाइ रहेको छ ।

पार्टी कार्यालयको धर्नाबाट नेतृत्व डराएर बैठक पार्टी सभापतिको घरमा राख्न लागिएको समेत उनीहरुको आरोप लगाएका छन् ।

वडाबाट गएको क्रियाशील सदस्यता क्षेत्रले नमानेको भन्दै विधि र विधानअनुसार क्रियाशील सदस्यता वितरण लगायतका मागहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?