पेस्तोलसहित तीन जना पक्राउ

लोकपथ
91
Shares

पर्सा । पर्सामा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका–१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका–७ ठेगाना भएका ४० वर्षीय विजयकुमार पटेल रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–१५ ब्रह्मचोकबाट १ थान पेस्तोलसहित उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनीहरुउपर हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?