कियारा र सिद्धार्थको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलिज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो ।

लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिई पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिलै यो फिल्म डाउनलोड गर्न सक्छन् ।

यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पाइरेसीको सिकार भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?