आज प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

लोकपथ
312
Shares

काठमाडौं । शुक्रबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि विभिन्न कार्यसूचीहरु तय भएका छन् ।

बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ र तथ्यांक विधेयक २०७६ टेबुल हुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

दुवै विधेयकहरु राष्ट्रियसभामा प्रस्तुत भएर प्रतिनिधिसभामा टेबुलका लागि ल्याइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?