प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन् ।नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली पौने ११ बजे अवतरण गर्नेछन् ।५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने असंलग्न राष्ट्रहरुको सम्मेलमा सहभागी हुन अजरबैजानको बाकुमा रहेका छन् । उनी बाकुबाट सीधै नयाँदिल्ली जानेछन् ।त्यस्तै प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ भने अन्य भ्रमण टोलीका सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो ।ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?