बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फ्लिप थ्री’ सार्वजनिक, हेर्नुहोस् आकर्षक डिजाइनहरु

लोकपथ
442
Shares

काठमाडौं । सामसुङले बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फ्लिप थ्री’ सार्वजनिक गरेको छ ।
यस फोनको भित्र र बाहिर दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । त्यस्तै यो फोन वाटर रेसिस्ट्यान्स अर्थात् पानी नपस्ने पहिलो फोल्डेबल फोनका रुपमा बजारमा सार्वजनिक भएको छ । यसमा ‘आईपी एक्स ८’ रेटिङ दिइएको छ ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ३ एउटा यस्तो फोन हो जुन फोल्ड गर्दा आधामा सानो हुन्छ । फ्यान्टम ग्रीन, फ्यान्टम ब्ल्याक र फ्यान्टम सिल्भर गरी यो फोन तीन कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

अगस्ट २६ देखि बिक्री गरिने यो फोनको मूल्य ९९९ डलर अर्थात् १ लाख रुपैयाँबाट सुरू हुनेछ । ग्यालेक्सी जेड फ्लिप ३ मा तीन वटा क्यामेरा राखेको छ । त्यहाँ एक १० मेगापिक्सेल सेल्फी क्यामेरा मुख्य स्क्रिनमा र बाहिरी आवरणमा दुई क्यामेरा राखिएको छ ।

हेर्नूहोस् जेड फ्लिप ३ को आकर्षक डिजाइनहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?