काठमाडौँ, २३ चैत- नौ महिनाअघि भोजपुरको पूर्वी अरुण गाउँपालिका ३ मा भएको तीन अबोध बालबालिकाको ‘शंकास्पद’ मृत्यु अनुसन्धानमा प्रहरी नै उदासीन देखिएको छ ।हत्या आशंकामा जिल्ला, क्षेत्र र केन्द्र गरी तीन तहमा प्रहरी अनुसन्धान गरिए पनि कतैबाट निष्कर्ष आउन नसक्दा स्थानीयमा आशंकासँगै त्रास बढेको छ । अनुसन्धान कहाँ पुग्यो ? किन अड्कियो भनी सोध्दा अनुसन्धानमा संलग्न प्रहरी निकाय एकले अर्कालाई औंल्याएर पन्छन्छन् ।अरुण गाउँपालिका ३ का १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीय सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको स्थानीय निर्वाचनताका गाउँमै ‘शंकास्पद’ मृत्यु भएको थियो । असार १० गते साँझ अचानक हराएका तीनै बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीमा फेला परेको थियो । अनुसन्धानमा संलग्न निकाय र जिल्लाको राजनीतिक नेतृत्व ‘चुपचाप’ देखिनुले तथ्य सार्वजनिक नहुने र सम्भावित दोषी उम्कने सम्भावना बढेको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया