श्रीलंकाका पूर्वकप्तान चान्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं। श्रीलंकाका पूर्वकप्तान तथा विकेट किपर ब्याट्सम्यान दिनेश चान्डिमलले भैरहवा ग्लेडिएटर्सबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने पक्का भएको छ।

भैरहवाले बिहीबार औपचारिक विज्ञप्ति निकाल्दै चान्डिमलले चौथो संस्करणको ईपीएलमा आफ्नो टोलीको प्रतिनिधित्व गर्ने जानकारी गराएको छ। सन् २०१३ मा श्रीलंकाको कप्तानी गर्दै लकंन टोलीको कप्तानी गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका चान्डिमलले सन् २०१४ मा श्रीलंकासँग टी-ट्वान्टी विश्वकप समेत जितेका थिए।

Chandimal to play for Bhairahawa Gladiators in EPL - CricWire

निकै नै परिपक्व मानिने मिडल अर्डर ब्याट्सम्यान चान्डिमलले श्रीलंकन राष्ट्रिय टोलीका लागि ६२ टेस्ट खेल, १ सय ४९ अन्तराष्ट्रिय एकदिवसीय खेल तथा ५७ अन्तराष्ट्रिय टी-ट्वान्टी खेल खेलेका छन्। त्यस्तै यी तीनवटै फर्म्याटमा श्रीलंकाको कप्तानी गरिसकेका चान्डिमलले अन्तराष्ट्रिय टी-ट्वान्टीमा ५ अर्धशतक समेत प्रहार गरेका छन्।

चान्डिमल सम्मिलित भैरहवाको कप्तानी शरद भेसवाकरले गर्नेछन्। आगामी असोज ९ देखि २३ सम्म खेलिने चौथो संस्करणको ईपीएलमा साविक विजेता ललितपुर प्याट्रियट्ससँगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लेडिएटर्स र विराटनगर वारियर्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?