‘कसले दिन्छ फ्री भिसा ?’

काठमाडौँ, २३ चैत- सरकारले खाडी मुलुक र मलेसिया नेपाली कामदार पठाउँदा भिसा शुल्क र टिकट खर्च लिन नपाइने व्यवस्था गरेको वर्षाैं भयो, तर म्यानपावर कम्पनीलाई लाखौं नबुझाई विदेश उडेका कामदार भेट्न मुस्किलै छ, कान्तिपुरमा खबर छ ।सरकारले लगाएको ‘फ्री भिसा, फ्री टिकटको’ को नियम म्यानपावर कम्पनीहरूले ठाडै उल्लंघन गरिरहेका छन् भन्ने प्रमाण हुन्– बुटवलका २८ वर्षीय ज्ञानबहादुर थापा ।एक लाख रुपैयाँ असुलेर ओमन पुर्‍याई अलपत्र पारिएका उनी जसोतसो नेपाल फर्किएका छन् तर उनलाई साहुको ऋण तिर्न फेरि विदेश नगई धर छैन । जान त जाने तर कसरी ? लाख घटीले उडिन्न । उनी सोध्छन्, ‘खै कुन म्यानपावरले पठाउँछ फ्री भिसा, फ्री टिकटमा विदेश ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?