वरिष्ठ उपाध्यक्ष नेम्बाङ र प्रशिक्षक अल्मुताइरी सहित सबैको बयान पूरा

काठमाडौं। लामो समयदेखि चल्दै आएको नेपाली फुटबलको विवाद बारे घटनाका मुख्य पात्र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष्य पंकजविक्रम नेम्बाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीवार औपचारिक बयान दिएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले बिहीवार घटनामा प्रत्यक्ष रूपमा संलग्न भएका पात्रहरूको बयान प्रक्रिया पूरा गरेको छ। घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष पात्रसँग समितिले क्रमबद्ध रूपमा बयान प्रक्रिया अघि बढाएको थियो।

National football team coach Almutairi announces resignation - The  Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest  Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

त्यसै क्रममा बिहीवार एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ, मुख्य प्रशिक्षक अल्मुताइरी तथा राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ सहित दुई पत्रकारको समेत बयान लिइएको छ। त्यसअघि नै समितिले अप्रत्यक्ष रुपमा संलग्न सम्पूर्ण पात्रहरुसँग बयान लिएको थियो।

बिहीवार सम्पूर्ण बयान प्रक्रिया अन्त्य भएसँगै छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। राखेपले एक साता भित्र समितिलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?