बझाङका विद्यालय भवनहरु पहिरोको जोखिममा

लोकपथ
357
Shares

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ।

अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो। साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए।

उनले भने, ‘लगातार वर्षा भएपछि भवन भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।

वडाध्यक्ष काशीराम धामीले यो वर्ष २० लाख बराबरको ग्याबिन जाली हालेको, तर जाली नै बगाएर सोही गाउँका २० परिवारले लगाएको बालीसमेत पहिरोले बगाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?