तालिबान लडाकुसँग अफगानिस्तानले गर्‍याे सत्ता साझेदारको प्रस्ताव

लोकपथ
2.3k
Shares

दोहा । अफगानिस्तान र तालिबानबीच भइरहेको संघर्ष अन्त्यका लागि अफगान सरकारको वार्ता सदस्यहरूले तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् । बिहीबार कतारमा सरकारी वार्ता टोलीले तालिबान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।

एक सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।”

हालसम्म तालिबान लडाकुले अफगानिस्तानमा ३४ प्रान्तमध्ये १० प्रान्तका राजधानीमा कब्जा गरेको दाबी गरेका छन् । तर, सरकारले अफगानिस्तानको सेना अहिले पनि तालिबानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ ।

यसैबीच रणनीतिक दृष्टिकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर नियन्त्रणमा लिएको लडाकुले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरू सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?