संसदमा गगनको प्रश्न : ४० महिनामा ओलीले के गरे ?

लोकपथ
105
Shares

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैैठकको विशेष समयमा सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न, प्रश्ननै भएको भन्दै एक –एक उत्तर दिन सरकारलाई आग्रह गरेका हुन् ।

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा ओलीले दिएको अभिव्यक्ति तथा प्रश्नहरुमा अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै ती प्रश्नलाई गम्भीरता पुर्वक लिन सरकारलाई थापाले सुझाव दिए ।

२०७६ बैैशाख २४ गते तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख त्यतिबेलाको प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरेका थिए ।

प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो । बैैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिएका छन् ।

सांसद थापाले नेपाली भूमि फिर्ता र एमसीसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलका नेता ओलीलाई आफ्नो कार्यकालको ४० महिनामा के गर्नुभयो भनी प्रश्न समेत गरे । थापाले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका ओलीले घाइते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?