लुम्बिनीमा को-को बने मन्त्री ? (नामावलीसहित)

लोकपथ
182
Shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्।

उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्।

नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन्।

जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्। यसैगरी, नवलपरासीबाट सूर्य चिन्हमा चुनाव जितेका अजय शाहीले समेत विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?