ओलीलाई मेन्टल्ली डिसअर्डर भन्ने अधिकार कसले दियो भन्दै संसदमा आपत्ति

लोकपथ
1k
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले आफ्ना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टल्ली डिसअर्डर भनेर माओवादीका सांसदले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्व प्रधानमन्त्री ओली मेन्टल्ली र फिजिकली ठिक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले संसदमा नियमापत्ति गरेका हुन् । भट्टराइले यादवलाई मेन्टली डिसअर्डर भन्ने अधिकार कसले दियो भनी प्रश्न समेत गरे ।

भट्टराईले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरु आफुहरुका लागि गम्भीर आपत्तीजनक भएको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?