सांसदबाट ओलीलाई राजीनामा दिन पूर्वमन्त्री यादवको आग्रह

लोकपथ
56
Shares
तस्वीर गूगल

काठमाडौं । माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री मातृका यादवले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा सांसद यादवले ओली र ओली पक्षका सांसदले प्रतिनिधि सभामा बारम्बार परमादेश भनेर अपमान गर्ने गरेको भन्दै ओलीलाई सांसदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले ओलीले दुई पटक विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले पुनः स्थापना गरेर राम्रो गरेको भन्दै ओलीले गरेको संविधानको आफूखुशी प्रयोग रोक्दा परमादेशबाट आएको भन्ने ओलीलाई प्रतिनिधि सभामा नआई राजीनामा दिन आग्रह गरे ।

यादवले संसद परमादेशबाट आएको भन्ने सांसदहरूलाई पनि राजीनामा गर्न र उपनिर्वाचनबाट जितेर आउन सुझाव दिएका छन् । जनताबाट निर्वाचित भएका आफूहरूलाई परमादेशबाट आएको भनेर जनमतको अपमान भएको यादवको भनाइ छ ।

उनले भने ’जनादेशबाट निर्माण भएको प्रतिनिधिसभा हो । हामी त्यसबाट यहाँ आएका मान्छे हौं, जे मन लाग्यो त्यही बोल्ने जुन सदनमा आएको छ त्यसकै अपमान गर्ने ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?