बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

लोकपथ
1.1k
Shares

बुटवल । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु बलात्कार आरोपमा पक्राउ परेका छन् ।

पीडित महिलाको उजुरीका आधारमा गाउँपालिकाका अध्यक्ष शुक्लालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले बताए ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्ररूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक-पटक दल परिवर्तन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?