फिफा वरियतामा नेपालको सुधार

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा तीन स्थानले सुधार गरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको फिफा वरियता अनुसार नेपाल १ सय ६८औं स्थानमा उक्लिन सफल भएको छ। पछिल्लो पटक गत मे २७ मा सार्वजनिक गरिएको फिफा वरियता अनुसार भने नेपाल १ सय ७१औं स्थानमा रहेको थियो।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये भने नेपाल तेस्रो स्थानमा यथावत रहेको छ। दक्षिण एसियाली महादेशमा नेपालभन्दा माथि भारत शीर्ष (१०५) र माल्दिभ्स दोस्रो (१५८) स्थानमा रहेका छन्। नेपाल भन्दा मुनि भुटान (१८७), बंगलादेश (१८८), पाकिस्तान (१९८) र श्रीलंका (२०५) रहेका छन्।

यता विश्व फिफा बरियतामा बेल्जियमको शीर्ष स्थान कायमै छ। गत युरो कप तथा कोपा अमेरिका विजेता इटाली र अर्जेन्टिना क्रमशः पाँचौं र छैटौं स्थानमा रहेका छन्। त्यस्तै दोस्रो स्थानमा कोपा अमेरिका उप विजेता ब्राजिल, तेस्रो स्थानमा वर्तमान विश्वकप विजेता फ्रान्स र चौथो स्थानमा युरो कप उप विजेता इङ्ल्यान्ड रहन सफल भएको छ।

त्यसैगरी सातौं स्थानमा स्पेन तथा आठौं स्थानमा पोर्चुगल रहेका छन्। शीर्ष १० भित्र पर्न सफल अरु दुई राष्ट्र भने मेक्सिको र संयुक्त राज्य अमेरिका क्रमशः नवौं र दशौं स्थानमा रहेका छन्।

 

(तस्वीर: फिफा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?