नेपालमा कोरोना : थप ३ हजार २६० जनामा संक्रमण, कति निको भए?

लोकपथ
208
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगैै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

तीमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?