स्वास्थ्य मन्त्रालयले भन्यो- ‘दुबई उड्ने यात्रुको ७२ घण्टाभित्रको नतिजालाई मान्नू’

लोकपथ
182
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको ७२ घण्टाभित्रको कोरोन रिपोर्ट मान्य गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यूएई जाने नेपाली श्रमिकलाई पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरेर ७२ घण्टाभित्रको नतिजा लिएर उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन पर्यटन मन्त्रालयलाई अनुरोध गरेको हो ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले पर्यटन मन्त्रालयलाई पत्र पठाउँदै अनुरोध गरेको हो । युएईको दुबई नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण’ भएका यात्रुलाई मात्रै प्रवेश दिने सूचना सार्वजनिक गरेको थियो ।

युएईले मागेको जस्तो त्रिभुवन विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने प्रविधि स्रोतसाधान नभएको भन्दै स्वास्थ्य मन्त्रालयले हाल ७२ घण्टाभित्रको नतिजा लिएर आउने यात्रुलाई नै उडानको अनुमति मिलाउन पर्यटनलाई आग्रह गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?