लुम्बिनीमा मुख्यमन्त्री नियुक्त भएसँगै ६ सदस्यीय मन्त्रीमण्डल बन्दै

लोकपथ
91
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलबहादुर केसी नियुक्त भएसँगै ६ सदस्यीय मन्त्रीमण्डल विस्तारको तयारी भइरहेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा केसीलाई नियुक्ति गरे लगत्तै ६ सदस्यीय मन्त्रीमण्डल विस्तारको तयारी सुरु भएको हो ।

बिहीबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा रहेका दलहरुले जसपाले सबै मन्त्री एकसाथ पठाउन दबाब दिएपछि मन्त्रिपरिषद् ६ सदस्यीय बन्न लागेको हो ।

स्रोतका अनुसार कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टी नेपालका सहषराम यादव मन्त्री बन्ने पक्का भएको छ ।

यस्तै जसपाका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बन्ने भएका छन्।

चौधरी ग्रामीण तथा शहरी विकास, यादव भौतिक पूर्वाधारमन्त्री हुँदैछन्। अरू भने विना विभागीय हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?