लुम्बिनीको मुख्यमन्त्रीमा केसीको मात्रै दाबी

लोकपथ
143
Shares

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको मात्र दाबी परेको छ।

नयाँ सरकार निर्माणका लागि तोकिएको ३ बजेसम्मको समयसीमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसीको मात्र दाबी परेको हो ।

स्रोतका अनुसार तोकिएको समयसीमाभित्र अन्य दलबाट दाबी नपरेपछि गठबन्धनबाट केसी मुख्यमन्त्री बन्न लागेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्रीमा केसीलाई नियुक्ति गर्दै शपथ गराउने तयारी गरेका छन् । आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?