अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउनू : पूर्वगृहमन्त्री अधिकारी

लोकपथ
91
Shares

काठमाडौं । सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले अफगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई नेपाल नफर्काएसम्म सरकारलाई काम गर्न नदिने बताए ।

उनले भने, ‘अफगानिस्तानमा नेपालीहरु आर्तनाद गरिरहेका छन् । ति नेपालीहरुलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ? निकम्मा सरकारले गर्न सक्छ कि सक्दैन, नेपालीको जिउ ज्यान जोगाउन सक्छ कि सक्दैन, तुरुन्त नेपालीहरुलाई अफगानिस्तानबाट रेस्क्यु गरेर ल्याउने काम प्रारम्भ गरोस् । होइन भने यो सरकार नालायक छ भनेर हामी यो संसदमा जोडदार माग गर्न चाहान्छौँ । सरकारलाई काम गर्न दिदैनौँ । नेपाली नर्फकाउञ्जेल संसदमा सरकारले काम गर्न सक्ने छैन । उनीहरुलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?