काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरुले तोकिएको समयमा महाधिवेशन सम्भव नरहेको बताएका छन् ।
बिहीबार ललितपुरको समिट होटलमा भएको जिल्ला सभापतिहरुको भेलाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा गर्न नसकिने निष्कर्ष निकालेका हो ।
त्यस्तै देउवापक्षीय सभापतिहरूको बैठकले इतर पक्षीय जिल्ला सभापतिको बैठकप्रति आपत्ति समेत जनाएको छ । सोमबार र मंगलबार काठमाडौंमा इतर पक्षीय जिल्ला सभापतिहरूले भेला गरेका थिए । त्यसको काउन्टरमा काठमाडौंमा उपस्थिति संस्थापनपक्षीय २६ जना जिल्ला सभापतिको बैठक बसेको हो ।
त्यसैगरी देउवा पक्षीय भेलाले ६ बुँदे सुझाव पनि पनि तयार पारेको छ । भेलामा जिल्ला सभापतिहरुले कोरोनाभाइरसको महामारी र पार्टीको आन्तरिक कारणले तोकिएको समयमा १४औँ महाधिवेशन नस्ने कार्यतालिका सार्वजनिक गर्न सुझाव पनि दिएका छन् ।
१४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको छ । तर क्रियाशील सदस्यता विवाद लगायतका विभिन्न समस्याका कारण तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना कम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया