इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।
बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भइरहेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।
औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्तिलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको आन्दोलनरत पक्षको आरोप छ ।
प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको बढेको आन्दोलनरत पक्षको भनाइ छ ।
धरानमा छापा मार्नका लागि अख्तियार केन्द्रको ५ जना र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट १ जना गरी ६ जनाको टोली खटिएको थियो ।
यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदल पनि वीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया