काठमाडौं। लामो समयदेखि चल्दै आएको नेपाली फुटबलको विवाद बारे आज घटनाका मुख्य पात्र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले औपचारिक बयान दिने भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको समितिले वरिष्ठ उपाध्यक्ष नेम्बाङ र मुख्य प्रशिक्षक अल्मुताइरीको औपचारिक बयान लिन लागेको हो। घटनामा संलग्न अन्य अप्रत्यक्ष पात्रहरूसँगको बयान पश्चात् राखेपले यी दुई मुख्य पात्रका बयान लिन लागेको हो।

घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष पात्रसँग राखेपले बयानको शृंखला क्रमबद्ध रूपमा गर्न शुरू गरेको छ। अनुसन्धानमा आवश्यक सम्पूर्ण कागजात मगाएर राखेपले बयान प्रक्रिया अगाडि बढाएको हो। राखेपको निर्देशनमा गठन भएको समितिले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधरसहित अन्य अधिकारीसँग बयान लिइसकेको छ। बिहीवार वरिष्ठ उपाध्यक्ष नेम्बाङसहित दुई पत्रकारलाई पनि बयान दिन डाकिएको छ।
राखेपको निर्देशनमा गठन भएको समितिले बिहीवार सोधपुछ तथा बयान सक्काएर प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। राखेपले एक साता भित्र समितिलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया