जिल्ला सभापतिहरुलाई काउन्टर दिँदै संस्थापन पक्षको बैठक सुरु

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरुको बैठक बसेको छ । संस्थापन इतरका जिल्ला सभापतिहरुको बैठक सकिएसँगै त्यसको काउन्टरस्वरुप संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला सुरु गरेका हुन् ।

अहिले ललितपुरको एक होटलमा संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी छ ।

घोषित मितिमा पार्टीको महाधिवेशन हुन नसक्नुका कारणहरुबारे छलफल गर्न जिल्ला सभापतिहरुले छलफल थालेका हुन् । सभापति शेरबहादुर देउवालाई मात्रै महाधिवेशनको दोष देखाउन नहुने भन्दै उनीहरुले त्यसबारे छलफल थालेका हुन् ।

आजको भेलामा संस्थापन पक्षका २२ जिल्ला सभापतिहरु उपस्थित रहेको बताइएको छ । त्यस्तै केहि भर्चुअल माध्यमबाट समेत जोडिएका छन् ।

तोकिएको मितिमा महाधिवेशन सुनिश्चित गर्न भन्दै सोमबार र मंगलबार संस्थापन इतरका जिल्ला सभापतिहरुको बैठक बसेको थियो । बैठकले विषेशत ४ विषयमा छलफल गरेको छ । भने वरिष्ठ नेतासहित शीर्ष नेताहरुलाई त्यसबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?