भारतको हिमाञ्चलमा पहिरो : कम्तीमा १३ जनाको मृत्यु

लोकपथ
364
Shares

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।

हिमाञ्चल  प्रदेशअन्तर्गत एक राजमार्गमा गाडीहरुमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको र धेरै मानिसहरु हराइरहेकोे सञ्चार माध्यमहरुमा जनाइएको छ ।

बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए।

सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ।

भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्।

बुधबार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ।

झन्डै ३० जना अझै पुरिएको अवस्थामा रहेको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ।

भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?