लुम्बिनी प्रदेश : ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस

लोकपथ
260
Shares

काठमाडौं । चार दलीय गठबन्धनले ४२ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित लुम्बिनी प्रदेश सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

केहीबेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष माओवादी कांग्रेससहित दलहरुले हस्ताक्षर बुझाएका हुन् ।

४२ जना सांसदहरुले माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलबहादुर केसी (सोनाम) लाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ । प्रदेश प्रमुख शेरचनको आह्वानमा गठबन्धनका संयोजक एवं कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेश प्रमुख समक्ष पत्र बुझाएका हुन् ।

बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यससँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । दाबी पेश अनुसार आजै प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?