इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट आजबाट

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली र घरेलु टोलीबीचको दोस्रो टेस्ट आज (बिहीवार)बाट शुरू हुने तालिका रहेको छ।

‘द होम अफ क्रिकेट’ भनेर चिनिने इङ्ल्यान्डको लर्ड्स मैदानमा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे शुरु हुनेछ। पाँच टेस्ट खेलको शृंखला खेल्न इङ्ल्यान्डमा रहेको भारतले पहिलो टेस्टमा शानदार प्रदर्शनी गरेको थियो। तर खेलको पाँचौं दिनमा वर्षाका कारण खेल बराबरीमा टुंगिएको थियो।

 

Virat Kohli ponders a review against Joe Root, England vs India, 1st Test, Nottingham, 4th day, August 7, 2021

दोस्रो टेस्ट खेल अघि इङ्ल्यान्डको टोली केही दवावमा देखिएको छ। पहिलो टेस्टमा शानदार बलिङ गरेका भेट्रान बलर जेम्स एन्डरसन तथा अर्का तिब्र गतिका बलर स्टुवार्ट ब्रोडले इन्जुरीका कारण आजको खेल गुमाउने लगभग निश्चित देखिएको छ। एन्डरसन र ब्रोड बिना इङ्ल्यान्डले खेलको पछिल्लो खेल सन् २००७ मा रहेको थियो। यसले इङ्ल्यान्डको टोली कति दवावमा रहेको छ भन्ने सोच्न सकिन्छ। उता भारतका तिब्र गतिका बलर शार्दुल ठाकुर पनि दोस्रो खेलबाट बाहिरिएका छन्। ह्याम्स्ट्रिङ इन्जुरी कारण दोस्रो टेस्टबाट बहिर्गमन भएका ठाकुरको स्थानमा स्पिनर रवि आश्विन खेल्नेछन् वा अर्का तिब्र गतिका बलरले स्थान पाउनेछन् भन्ने बारे भने अझै टुङ्गो लागेको छैन।

भारतका लागि मिडल अर्डरको ब्याटिङ चिन्ताको विषय बनेको छ। पहिलो टेस्टको दुवै इनिङमा भारतका ओपनरले शानदार ब्याटिङ गरेका थिए। तर मिडल अर्डर सम्हाल्न आएका कप्तान विराट कोहली, उप-कप्तान अजिन्क्या रहाने तथा भेट्रान ब्याट्सम्यान चेतेश्वर पुजारा चल्न नसक्दा पहिलो इनिङमा भारतको ब्याटिङ डगमगाएको थियो। उता इङ्ल्यान्डको कथा पनि त्यस्तै रहेको छ। दुवै इनिङमा कप्तान जो रुट बाहेक कुनै पनि इंग्लिश ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शनी देखाउन सकेका थिएनन्।

Ollie Robinson is pumped up after claiming Rishabh Pant, England vs India, 1st Test, Nottingham, 3rd day, August 6, 2021

इङ्ल्यान्डको टोलीमा पुनरागमन गरेका छन् स्पिनर अल राउन्डर मोईन अलीले। पछिल्लो समय राम्रो लयमा रहेका अलीको आगमनले इंग्लिश टोलीलाई केही राहत भने अवश्य मिलेको छ।

 

पछिल्ला ५ टेस्ट खेलको नतिजा

James Anderson gave Joe Root reasons to smile on the second afternoon at Trent Bridge, England vs India, 1st Test, Nottingham, 2nd day, August 5, 2021

इङ्ल्यान्ड: ड्र, हार, ड्र, हार, हार
भारत: ड्र, हार, जित, जित, जित

 

सम्भावित शुरुवाती ११

All eyes on the big screen: England await a DRS verdict, England vs India, 1st Test, Nottingham, 1st day, August 4, 2021

इङ्ल्यान्ड
रोरी बर्न्स, डोम सिवले, ज्याक क्रली, जो रुट (कप्तान), ड्यान लरेन्स, जोनी बेरस्टो, जोस बटलर, स्याम करन, मोईन अली, ओली रोबिनसन, शकिव महमुद

भारत
रोहित शर्मा, के.एल. राहुल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिन्क्या रहाने, ऋषभ पन्त, रविन्द्र जडेजा, रवि आश्विन, इशान्त शर्मा, मोहम्मद शमी, जसप्रित बुम्राह

 

प्लेयर्स टू वाच

Eyes on the ball for KL Rahul, England vs India, 1st Test, Nottingham, 2nd day, August 5, 2021

इङ्ल्यान्ड: जो रुट
भारत: के.एल. राहुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?