आज प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

लोकपथ
299
Shares

काठमाडौं । बिहीबार (आज) प्रतिनिधि सभा बैठक बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विद्येयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल हुने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै सो बारेमा जानकारी दिएका हुन् ।

यसअघि मंगलबार प्रतिनिधि सभाको बैठक बसेको थियो । मंगलबारको बैठकमा शून्य र विशेष समय छुट्याइएको थियो । भने विपक्षी दलका नेताको तर्फबाट पूर्वप्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

बैठक बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

त्यस्तै आज संघीय संसदको उपल्लो सदन अर्थात राष्ट्रियसभाको बैठक बस्दै छ । राष्ट्रियसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?