लुम्बिनी प्रदेश : धारा १६८(२) बमोजिम नयाँ सरकार दाबीको समय ३ बजेसम्म

लोकपथ
351
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि दिइएको समयसीमा आज सकिँदैछ ।

निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले बिहीबार (आज) दिउँसो ३ बजे सम्मका लागि दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तीको लागि पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमन्त्री नियुक्ती गर्न गरेको आह्वान अुनसार आज विपक्षी कांग्रेस माओवादीसहितको गठबन्धनले हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गर्नेछन् ।

पोखरेलविरुद्ध अविश्वासको मुद्दा दर्ता गर्ने क्रममा विपक्षी गठबन्धनले माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलबहादुर केसीलाई अघि सारिएको छ । जसमा कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा लगायत दलहरुको समर्थन रहनेछ ।
सो क्रममा माओवादी र कांग्रेसबीच बाँकी रहेको आधा आधा समय सरकार चलाउने सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?