ओलीलाई बाबुरामको दनक : ‘चिची पनि पापा पनि खोज्न मिल्छ ?’

लोकपथ
1.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई परमादेशबाट बनेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र ओली समर्थकहरुले जनादेशविरुद्ध परमादेश जन्मिएको भन्ने भनाइ रहेको भन्दै आपत्ति जनाएका हुन् ।

संसदबाट प्रधानमन्त्री चुन्ने परम्पराबाट संसदीय अंकगणित फेरिँदा सरकार परिवर्तन हुनु स्वभाविक रहेको बताउँदै कि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीमा जानु पर्नेमा समेत जोड दिएका छन् ।

‘ओली र ओलीभक्तहरूले सबैतिर जनादेशविरूद्ध परमादेशको रटान गरेको सुनियो।संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिदा प्रम फेरिनु स्वाभाविक हैन र ? त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊॅ न त,  त्योचाहिँ नमान्ने रे !’ उनले भनेका छन् ।

ओलीतिर लक्षित गर्दै उनले दुवै विकल्पमा जान नमाने भन्दै आफैँले मात्रै अवसर खोज्न नहुनेमा जोड दिए । उनले भने-‘चिची पनि पापा पनि खोज्न मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?