काठमाडौं । कुलमान घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो । कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार चर्चाको केन्द्रमा छन् ।
प्राधिकरणको नेतृत्वमा दोस्रो कार्यकाल सुरु गर्दा भने देशमा उत्पादित विद्युत् बढी हुने र खपत नबढाए वा निर्यात नगरे ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै बहस भइरहेको छ । त्यसैले उनको पहिलो र दोस्रो कार्यकालको अवस्था विल्कुलै फरक छ ।
प्राधिकरण व्यवस्थापनसहित वित्तीय हिसाबले पनि तल जान थालेपछि आवश्यक महसुस गरी सरकारले जिम्मेवारी दिएको हुन सक्ने उनी ठान्छन् । तर, दोस्रो कार्यकाल राजनीतिक र सामाजिक हिसाबले पनि आफ्ना लागि चुनौतीपूर्ण हुन सक्ने संकेत उनले गरे । प्राधिकरणमा सुशासन, विद्युत् व्यवस्थापन, अन्तर्राष्ट्रिय ऊर्जा बजार आफ्नो कार्यकालको प्राथमिकता हुने उनको भनाइ छ । ‘वर्षामा बढी भएको विद्युत् भारत र बंगलादेश निर्यात गर्न जरुरी छ,’ घिसिङले भने, ‘उत्पादित विद्युत् एक युनिट पनि खेर जानु भएन ।’
यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया