प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

लोकपथ
169
Shares

सिरहा । राष्ट्रिय एकता अभियानले सिरहाको लहानमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका वरिष्ठ नेता काशीन्द्र यादवको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै बुधवार मुख्यमन्त्री राउतको पुतला समेत दहन गरेको छ ।

अभियानले लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालेको ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान, अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?