राखेपका कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न खेलकुद महासंघको माग

लोकपथ
203
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्काका कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

नेपाल खेलकुद महासंघको बैठकले राष्ट्रिय खेलकुद परिषद्मा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग गरेको महासंघका सचिव बासु नेपालले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न उनीहरुलाई स्वत्ः स्थायी गरी निवृतिभरणको समेत व्यवस्था गर्न र मुलुकभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षकहरू नियुक्ति गर्न दबाब दिनका लागि सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?