१. बितेको २४ घण्टामा गरिएको १६ हजार ६ सय ५६ परीक्षणमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ८८५ जना संक्रमणमुक्त, ३० जनाको मृत्यु ।
२. नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा पदबहाली, ठूलो चुनौती स्वीकारेर दोस्रो पटक प्राधिकरणमा नियुक्ति लिएको प्रतिक्रिया दिँदै भने, ‘निराश बनाउँदिनँ’
३. एमसीसी राष्ट्रिय सहमतिबाट अगाडि बढाउनुपर्ने सभामुख सापकोटाको जिकिर, पर्याप्त छलफल र सहमतिबिना एमसीसी अघि नबढ्ने संकेत ।
४. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत, प्रदेशप्रमुख अमिक शेरचनद्वारा बहुमतको नयाँ सरकार गठनका लागि २२ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान ।
५. नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईद्वारा राजीनामा, रेल सञ्चालन गर्न तयारी अवस्थामा पु¥याएको जानकारी गराउँदै सरकारले स्पष्टीकरण सोध्ने क्रममा लगाएका आरोपहरु असान्दर्भिक रहेकोले राजीनामा दिएको प्रष्टोक्ति ।
६. सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न संवैधानिक आयोगहरुद्वारा सरकारसँग माग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सम्पर्क मन्त्रालयको रुपमा तोकिदिन आग्रह ।
७. आफूलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसाइएको गच्छदारको दाबी, ५० वर्षे राजनीतिक जीवन समाप्त पार्ने गरी अख्तियारले दुश्मनी साँधेको भन्दै आक्रोश व्यक्त ।
८. यूएन मिसनमा जाने नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा १४ जना दोषी, तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस ।
९. त्रिविका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप दिइने, नेपाल प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी केन्द्रमा प्रवेशपत्र लिएर जान विद्यार्थीलाई अनुरोध ।
१०. नयाँ आर्थिक वर्ष सकिन लाग्दा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न सकेन, अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट नयाँ सरकारले संशोधन गर्न लागेकोले मौद्रिक नीति प्रभावित ।
११. विश्वव्यापी धेरै डाउनलोड हुने एपमा टिकटकले फेसबुकलाई उछिन्यो, नेपालमा टिकटकका प्रयोगकर्ता बढेसँगै दुरूपयोग बाक्लिएपछि नेपाल प्रहरीले निगरानी बढायो ।
१२. नीरज चोपडाले भारतलाई दिलाएको स्वर्ण भारतको लागि गौरवको विषय बन्यो, पन्जाब र हरियाणाका मुख्यमन्त्रीद्वारा करोडौँको उपहार घोषणा, नीरज नाम गरेका व्यक्तिलाई निःशुल्क पेट्रोल दिने एक व्यापारीको घोषणा ।
१३. क्वाड खोप अभियानमार्फत कोरोना महामारी अन्त्य गर्ने भारत र अमेरिकाको प्रतिबद्धता, सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति ।
१४. चमेरोबाट सर्नसक्ने कोरोना र इबोलाभन्दा घातक ‘मारबर्ग’ भाइरसका कारण पश्चिम अफ्रिकी देश गिनीमा एक जनाको मृत्यु, भाइरस टाढा–टाढासम्म फैलनसक्ने डब्ल्युएचओको भनाइ ।
१५. क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको मेस्सीको भनाइ, पीएसजीमा अनुबन्धित भएपछिको प्रतिक्रिया– ‘नयाँ अध्यायका लागि उत्सुक छु’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया