मेयर द्वारिकालालको अर्को दादागिरी : सर्वसाधारणलाई कोठामै थुने अढाई घन्टा

लोकपथ
1.3k
Shares

इटहरी । इटहरीका मेयर द्वारिकालाल चौधरीले एक स्थानीय युवालाई नगरपालिकाभित्रको एउटा कोठामा अढाइ घन्टा थुनेका छन् ।

इटहरी– ४ का यामप्रसाद ढकाललाई मेयर चौधरीले बोलाएर नगरपालिकाको कोठा भित्र थुनेका हुन् । ढकाललाई उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थुनेका हुन् ।

ढकालका अनुसार आज बिहान ११ बजेतिर नगरप्रहरी उनको घरमै पुगेका थिए । तर उनी घरमा थिएनन् । त्यसपछि उनलाई प्रहरीले फोन गरेर तुरुन्तै इटहरी आएर मेयरलाई भेट्न उर्दी गरेको बताइएको छ । ।

त्यसपछि ढकाल घर आए र आफ्ना एक आफन्तलाई लिएर इटहरीस्थित उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर मेयरलाई भेट्नासाथ उनी आफूसित जंगिएको ढकालको भनाइ छ ।

ढकालका अनुसार उनको दुई तल्ले घर ऐलानी र नम्बरी जग्गामा बनेको छ । नगरपालिकाबाट सिफारिस लिएर करिब १२ वर्षअघि बनाएको घरको लालपुर्जा आफूसँग नभएको र यसका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

ढकालले घर नभत्काउने अडान लिएपछि मेयर चौधरीले आक्रोशित हुँदै उनलाई अर्को कोठामा लगेर थुनिदिन प्रहरीलाई आदेश दिएका थिए । मेयर चौधरी समयसमयमा चर्चा र विवादमा आइरहने पात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?