लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

लोकपथ
91
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन् ।

डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।

संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?