खाली पेटमा यी खानेकुरा सकभर नखानु है !

लोकपथ
3.5k
Shares

कहिलेकाहीँ अचाक्ली भोक लाग्दा जे खानेकुरा अगाडि आउँछ त्यो हामी बिनासङ्कोच र बिनासावधानी खाइहाल्छौँ । भोक लागेको सुरमा जे खाए पनि हुन्छ भन्ने मान्यता भएको कारणले पनि हामीले त्यसरी खाइरहेका हुन्छौँ । अत्यधिक भोक लागेको बेला केही खानेकुरालाई पहिलो पटक खादाँ शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । आयुर्वेदको अनुसार अत्यधिक भोक लाग्दा केही खानेकुराहरू पहिला खानु हुदैंन भन्ने छ । तिनैमध्येका केही खानेकुराहरू यस्ता रहेका छन् ।

अम्बा

अम्बा यस्तो किसिमको फल हो जसलाई अलग अलग अवस्थामा खादा यसको प्रभावकारिता र हानिकारक पन देखिने गर्छ । यदि अम्बालाई तपाईँले गर्मी महिनामा खाली पेटमा खानु भयो भने यसले फाइदा गर्छ । अम्बालाई नै चिसो मौसममा खाली पेटमा खाएमा यसले पेट दुख्ने समस्या निम्त्याउने समेत गर्छ ।

स्याउ

चिसो मौसममा खालि पेटमा स्याउ खाएमा रक्तचाप बढ्ने प्रबल सम्भावना हुन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै केही खानेकुरा नखाई स्याउ पहिला खानु हुँदैन । यदि गर्मी महिनामा खाली पेटमा स्याउ खानु भयो यो किसिमको समस्या नआउन सक्छ ।

गोलभेँडा

गोलभेँडा गर्मी गर्ने फल मानिन्छ त्यसैले गोलभेँडालाई तपाईँले चिसो मौसममा खाली पेटमा खान सक्नुहुन्छ । यदि गर्मी मौसममा खाली पेटमा गोलभेँडा खानु भयो भने पेट र टाउको दुख्ने सम्भावना बढी हुन्छ । त्यसैले बिहान वा कुनै पनि समय खाली पेट छ भने सकभर गोलभेँडा नखानु नै राम्रो हुन्छ ।

दही

धेरै व्यक्तिलाई दही खानु स्वास्थ्यलाई राम्रो हुन्छ । दहीले पाचन क्रियालाई राम्रो गर्छ भन्ने थाहा छ । यही फाइदा गर्छ भनेर दही खाली पेटमा खानुचाहिँ हानिकारक हुन पनि सक्छ । त्यसैले बिहान होस् वा अरू बेला सकभर अधिक भोक लागेको बेलामा पहिलो पटकमै दही नखानु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?