सरकारी अधिकृत भन्दै ठगी गर्ने युवक अपराध महाशाखाको फन्दामा

लोकपथ
104
Shares

काठमाडौं । उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय केशवराज भट्ट उर्फ कुशललाई कलंकीस्थित स्युचाटारबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको थिए ।

समाजिक सञ्जालमार्फत चिनजान गरेर विश्वासमा पारेर उनले ठग्ने गरेको महाशाखाले जनाएको छ । ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

त्यस्तै विभिन्न ब्यक्तिलाई सरकारी काम गरिदिने जागिर लगाइदिने जस्ता प्रलोभन देखाएर भट्टले ठगी गरेको उजुरी महाशाखामा परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
२०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?