धनगढी । कैलालीबाट झण्डै आधा किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ३५ वर्षीय (बसको कण्डक्टर) भवानी घिमिरे, अत्तरियाको शैलेश्वरी सुनचाँदी पसलमा काम गर्दै आएका सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय समिर सिंजापति छन् ।
बुधबार दिउँसो काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको बसमा सवार उनीहरुलाई ४४९.७७ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई बुधबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया