२० युनिटसमम्मको बिजुली खपत निशुल्क गर्ने सरकारको निर्णय

लोकपथ
1.6k
Shares

काठमाडौं । सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराएकी हुन् ।

मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय गरिसकेको जानकारी दिइन् ।

‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ ।’ मन्त्री भुसालले भनिन् ।

उक्त निर्णय अनुसार महिनामा २० युनिट मात्रै खपत गर्नेले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिरे हुनेछ । सरकारको निर्णयले विपन्न जनतालाई राहत हुने विश्वास लिएको मन्त्री भुसालले बताएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?