काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुको कारण माग गरेको छ ।
सर्वोच्चले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गर्दै देवकोटाको घर भत्काउनुको कारण माग गरेको हो ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले रिट दायर गरेका थिए ।
रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया