लुम्बिनीमा आलोपालो सरकार चलाउने माओवादी र कांग्रेसबीच सहमती

लोकपथ
845
Shares

काठमाडौं । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच लुम्बिनी प्रदेशमा बाँकी समय मिलिजुली सरकार चलाउने सहमती भएको छ ।

आज माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बाँकी १६ महिनामा ८ महिना एउटा र बाँकी ८ महिना अर्कोले सरकार चलाउने सहमती भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । जस अनुसार अहिलेको ८ महिना केसी र बाँकी ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्ने सहमती भएको हो ।

निर्वतमान मुख्यमन्त्री पोखरेल आज प्रदेश सभाको विशेष अधिवेशन छल्नका लागि राजीनामा दिएका छन् । त्यससँगै प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?